धौलागिरि बेस क्याम्पमा हेली एभरेस्टको हेलिकप्टर दुर्घटना
प्रकाशित:
२०७९, २६ चैत्र
काठमाडौं, २६ चैत । हेली एभरेस्टको हेलिकप्टर म्याग्दीको धौलागिरि आधारशिविरमा दुर्घटना भएको छ । बेस क्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर सामान्य दुर्घटनामा परेको हो ।
इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर ११ मिनेट आसपासमा सम्पर्कविहीन भएको थियो ।
हेलि एभरेष्ट एयरको हेलिकोप्टरमा नेपालको पहिलो महिला पाइलट प्रिया अधिकारी मात्र थिइन् । घाइते उनको उपचारका लागि एयर डाइनेष्टिको हेलिकोप्टरबाट मेडिसीटी अस्पताल काठमाडौं ल्याइँदैछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार