एमाले सचिव लेखराज निवासमा प्रचण्डले भने- यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ
अखबार टुडे
प्रकाशित:
२०७९, २६ चैत्र

काठमाडौं, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव लेखराज भट्टबीच भेटवार्ता सकिएको छ । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन कैलाली पुगेका प्रचण्डले निवासमै पुगेर लेखराजसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ता सकेर निस्कने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै प्रचण्डले लेखराज निवाससँग आफ्नो ४० वर्षदेखिको सम्बन्ध रहेको बताए । उनले भने, ‘यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ । यहाँ मेरो छुट्टै कोठासमेत छ । अहिले मौकाले आएको बेला यता पनि पसेको हो ।’

उनले एमाले सचिव भट्टसँग देशको समसामयिक विषयवस्तुबारे सामान्य कुराकानी भएको बताए । त्यसबाहेक अन्य कुनै ठूलो एजेन्डा बोकेर भेटवार्ता गर्न नआएको उनले प्रष्ट पारे ।

लेखराजसँग प्रचण्डको ४०औँ वर्षदेखिको सम्बन्ध हो । तर नेकपा भंग भएपछि भने यी दुई नेता अलग–अलग पार्टीमा छन् । नेकपा भंग भएपछि लेखराज माओवादीमा नफर्की एमालेमै बसेका थिए । अहिले उनी एमालेको सुदूरपश्चिम इन्चार्जसमेत छन् । लेखराजले माओवादी छोडेपछि प्रचण्डले केही रात आफू सुत्न नसकेको बताएका थिए ।

प्रतिक्रिया