अन्नपूर्ण विनायक स्कुलले मनायो वार्षिकोत्सव तथा अभिभावक दिवश
अखबार टुडे
प्रकाशित:
२०७९, २५ चैत्र

काठमाडौं, २५ चैत । अन्नपूर्ण विनायक स्कुल (एभीएस)ले विभिन्न कार्यक्रम गरी ‘वार्षिकोत्सव अभिभावक दिवस’ मनाएको छ । काठमाडौ.को तीनकुने, गैरीगाउँमा रहेको उक्त विद्यालयले शनिबार ‘वार्षिकोत्सव अभिभावक दिवस तथा बृहत सांस्कृतिक कायक्रम–२०७९’ कार्यक्रम आयोजना गरेको हो ।

पोखरा विश्व विद्यालयका पुर्वकुलपति तथा नेपाल प्राध्यापक संघका पुर्वकेन्द्रीय अध्यक्ष प्राध्यापक खगेन्द्रप्रसाद भट्टाराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसँगै कलाकारले कला प्रस्तुत गरेका थिए ।

पीजी गु्रपदेखि ९ कक्षासम्मका बिद्यार्थीलाई लक्षित गर्दै उनीहरुाम भएको निहित प्रतिभालाई प्रस्फुटन गराउन तथा बालबालिकामा आत्मविश्वास बढाउन र व्यवहारिक ज्ञानको अनुभव दिलाउने उद्देश्यले कार्यक्रममा आयोजना गरिएको एभीएसका प्रिन्सिपल विनोदकुमार शाहले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा त्रिभुवन विश्व विद्यालय शिक्षा संकायका पूर्वडिन लक्ष्मीनारायण चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोखरा विश्व विद्यालयका पुर्वकुलपति तथा नेपाल प्राध्यापक संघका पुर्वकेन्द्रिय अध्यक्ष प्रा. खगेन्द्रप्रसाद भट्टाराई, बानेश्वर क्याम्पस शान्तिनगरका क्याम्पस प्रमुख घमान सिं खड्कादगायत अतिथिमा रुपमा सहभागी थिए ।

अन्नपूर्ण विनायक विद्यालयकै प्रांगणमा आयोजित कार्यक्रममा कलाकाहरुले लोकसंस्कृति झल्किने नृत्य, सांगीतिक प्रस्तुतिका साथै हास्यव्यंग प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीय तथा समाजसेवीलगायत करिब हजारको सहभागी रहेको एभीएसकी सम्झना लामाले जानकारी दिइन् ।

प्रतिक्रिया