बखुण्डोलमा निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घरहरु भासिए
अखबार टुडे
प्रकाशित:
२०७९, २५ चैत्र

काठमाडौं, २५ चैत । ललितपुरको बखुण्डोलस्थित निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घरहरु भासिएको छ । शुक्रबार राति अपार्टमेन्ट वरपरका घरहरु भासिन थालेपछि स्थानीयको भागाभाग भएको थियो । भागदौडका क्रममा केही व्यक्ति घाइते भएको छन् ।

स्थानीय बासिन्दाले आफूहरुसँग अनुमति नलिई अपार्टमेन्ट बनाउन सुरु गरेको बताएको छन् । आफूहरुको घर भासिएपछि बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था मिलाउन माग गरेका छन् । उक्त निर्माणधिन अपार्टमेन्टका कारण त्यस वरिपरि बरि एक दर्जन घरलाई क्षति भएको छ । केही घर एक तला जति भासिएका छन् भने केही क्षतिग्रस्त भएका छन् ।

ललितपुर–३ की सांसद डा. तोसिमा कार्कीले अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन । शनिबार बिहान भासिएको घरहरुको निरीक्षण गरेपछि सांसद तोषिमाले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी हुन् ।

प्रतिक्रिया