यी हुन् मेयर बालेनले हटाउन निर्देशन दिएका प्रहरी बिटहरु
अखबार टुडे
प्रकाशित:
२०७९, २५ चैत्र

काठमाडौं, २५ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगर क्षेत्रमा सडक मिचेर राखिएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै सडक मिचेर संरचना बनाउनु गलत भएको भन्दै उनले ती संरचना आफैं हटाउन निर्देशन दिएका हुन् ।

मेयर साहले भनेका छन्, ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’

मेयर साहले हटाउनुपर्ने प्रहरी बिटहरू समेत सार्वजनिक गरेका छन् । जसमा बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामंगल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, असन चोक, न्यूरोड पिपलबोट, चिकमंगलम, धोवी चोर, देउराली क्लब, रातो पुल, बौद्ध, ताहचल, पेप्सीकोला, त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र माछापोखरीका प्रहरी बिटहरु रहेका छन् ।

दूतावासलगायत विदेशी नियोगका सम्बन्धमा सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिएको उनको भनाइ छ । -फाइल तस्बिर

प्रतिक्रिया