यस्तो देखियो फेसनमार्फत सृजनात्मक सोचको अभिव्यक्ति (फोटो फिचरसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, २५ चैत्र

काठमाडौं, २५ चैत । गएको बिहीबार साँझ समय छिप्पिदै जाँदा -याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिँदै गयो र एकपछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुपरंग, स्वरुप र सृजनासित उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए ।

नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङसम्बन्धी स्नातक तह अन्तिम परीक्षाको रुपमा कल्पनम् सत्यतात् शीर्षकअन्तर्गत उक्त फेसन शोले मूर्तरुप पाएको हो ।

नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरसहित इन्द्रधनुषी अवधारणाका सुन्दर पहिरनमा सजिएका मोडलको रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको कार्यक्रममा दशवटा विभिन्न कलेक्सनअन्तर्गत ८३ वटा रेगुलर तथा ९ वटा क्रिएटिभ डिजाइनका पहिरन प्रस्तुत भएका थिए ।

क्रिएटिभ डे«ेसको प्रस्तुतिकरणमा फरकस्वाद अनुभव गर्न पाइएको थियो । कार्यक्रमको क्रिएटिभ वेयरको प्रस्तुतिमा ¥याम्पको एउटा निर्देशित स्थानमा मोडल उभिने वितिकै सो स्थानलाई रिभल्भिङ संयन्त्रको प्रयोगबाट आफैं निर्देशित गतिमा गोलाकार रुपमा घुम्नेगरी व्यवस्था गरिएको थियो ।

उक्त दृष्य निकै रोमाञ्चपूर्ण बनेको थियो । क्रिएटिभ पहिरन पहिरिएका मोडलकै हुबहु पहिरनशैलीमा करिब तीन फिट अग्लो पूतली पनि रनवेमा प्रस्तुत गरिएको थियो । जुन दृष्य नेपाली फेसन रनवेमा देख्न पाइएको फरक स्वाद थियो ।

करिब तीन घण्टा कल्पनम् सत्यतात्को यात्रामा कृस्टलाइनमा आधारित द स्पार्कलिङ सोयर, फेम फाटलमा आधारित डार्कनेस रिभ्याम्प, अरोराको अवधारणमा मिस्टिक इपिफानी, गिल्डेड ग्ल्यामरको प्रस्तुतिमा राजमटाज, किनसुकी आर्टमा आधारित आर्टष्ट्रिी अफ एड्भर्सिटीका पहिरन अनेकौं स्वरुपहरुलाई साक्षात्कार गर्न पाइएको थियो ।

ब्ल्याक स्वानको अवधारणामा क्रिप अन् डार्क, ग्राफिटीमा आधारित ग्रिफोनेज्, ग्लो इन डार्कमा केन्दि«त नियन परेड तथा एक्लेटिक् अवधारणामा एसिन्ट्रिक एज् कलेक्सनलाई अवलोकन गर्न पाइएको थियो ।

२७ जना फिमेल मोडलहरु र ६ जना यमेल मोडलहरुको प्रस्तुतिमा सम्पन्न उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १७औं ब्याचका ८३ जना विद्यार्थी डिजाइनरहरुको आयोजन, व्यवस्थापन तथा प्रस्तुतिको समग्र जिम्मेवारीमा सम्पन्न भएको थियो ।

कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अविभारा संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका हुन् । कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित फेसन क्याटलग दोस्रो संस्करणलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादव राज कोइराला तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो ।

सृजनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैलीहरु पदार्पण भएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा कल्पनम् सत्यतात् शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाएको हो ।

उक्त परीक्षारुपी फेसन शोमा फेसन अध्यापकत्रय राजेन्द्र सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, साखः ग्रुपका अध्यक्ष किरण साखः, प्रथम मिस नेपाल रुबी राणा, राष्ट्रिय सीप परिक्षण समितिका कार्यकारी निर्देशक डा. कुलबहादुर बस्नेत, फेसन डिजाइनर रमिला नेमकुल तथा अभिनेता एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार निर्णायक भूमिकामा थिए ।

प्रतिक्रिया