बालेनले किन गरे सिंहदरबारको फोहोर नउठाउने घोषणा ?
अखबार टुडे
प्रकाशित:
२०७९, २५ चैत्र

काठमाडौं, २५ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् । मेयर साहले आफ्नो आधिकारिक फेसबुक पेजमा राजनीतिक दलका नेताप्रति कडा टिप्पणी गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा सरकारको असहयोग महसुस गरेका मेयर साहले शनिबार सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।

काठमाडौं महानगरका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले भने यसबारे प्रतिक्रिया नदिने बताएका छन् । मेयरले आफ्नो आधिकारिक पेजमा नै कुरा आएपछि त्यसैअनुसार बुझ्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया