र्‍याम्प शो’मा उत्रिए क्यान्सर विजेताहरु
अखबार टुडे
प्रकाशित:
२०७९, २५ चैत्र

काठमाडौं, २५ चैत । क्यान्सर जितेकाले ‘तेस्रो क्यान्सर सर्भाइवर ¥याम्प शो’ गरेका छन् । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोग समूहको सहकार्यमा क्यान्सरलाई पराजित गरेकाले यहाँ आयोजित कार्यक्रममा ¥याम्प शो गरेका हुन् ।

क्यान्सरको उपचारपछि पूणरुपमा ठिक हुन्छ र मानिस पहिले जस्तै हुन्छ भन्ने देखाउनका लागि ¥याम्प शो गरिएको आयोजकले जनाएको छ । शोमा क्यान्सरलाई चार पटकसम्म पराजित गर्ने व्यक्तिसहित क्यान्सर जितेका ६० भन्दा बढीको सहभागिता थियो ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरको उपचार नेपालमा नै सस्तो, गुणस्तरीय र सुलभ रूपमा हुने गरेको बताए । उनले नेपालमा क्यान्सरको उपचार गर्नका लागि सबैलाई प्रेरणा दिनुपर्ने बताउँदै क्यान्सर उपचार पछि निको हुन्छ भनेर जनचेतना जगाउनुपर्ने धारणा राखेका थिए ।

मिस नेपाल २०२२ प्रियङ्का रानी जोशीले क्यान्सर रोगीलाई सबैले माया गर्नुपर्ने बताइन् । उने क्यान्सर लागे पनि उपचार पछि स्वस्थ्य भएर जीउन सकिने बताइन् । उनले आत्मबल मानिसको सबैभन्दा ठूलो तागत भएकाले आत्मबलले क्यान्सर जित्न सकिने बताइन् ।

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ चिकित्सक, नर्स, क्यान्सर जितेका व्यक्तिलगायतले ¥याम्प शो गरेका थिए । क्यान्सर विजेताहरुले नृत्य प्रस्ततिका साथै गीत पनि गाएका थिए ।

प्रतिक्रिया