क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता
अखबार टुडे
प्रकाशित:
२०७९, २४ चैत्र

काठमाडौं, २४ चैत । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच पार्टी एकता भएको छ ।

आज काठमाडौंमा दुवै पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएको जानकारी दिएका हुन् । आगामी मजदुर दिवसको दिन जनसभासहित एकताको औपचारिक घोषणा गर्ने नेकपा बहुमतका नेता हेमन्त प्रकाश ओली सुदर्शनले जानकारी दिए ।

यसअघि यी दुवै पार्टीले वैद्य र बास्तोला नेतृत्वमा वार्ता टोली गठन गरेका थिए । सो वार्ता टोलीमा गत साउन महिनामै पार्टी एकता गर्ने सहमति भएको थियो । त्यसको आठ महिनापछि पार्टी एकता भएको हो । यो एकता प्रक्रियामा नेकपा मसाललाई पनि सामेल गराउन प्रयास भइरहेको बताएका छन् ।

प्रतिक्रिया