चार जना डीआईजी एआईजीमा बढुवा र पदस्थापन
अखबार टुडे
प्रकाशित:
२०७९, २४ चैत्र

काठमाडौं, २४ चैत । सरकारले नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको बढुवा र पदस्थापनको निर्णय गरेको हो ।

एआईजीमा बढुवा हुनेमा सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ छन् । भण्डारीलाई मानव स्रोत, गिरीलाई प्रदेश समन्वय निर्देशनालय, चौधरीलाई कार्य विभाग र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन पनि गरिएको छ ।

यसअघि १३ चैतमा गृह मन्त्रालयको बढुवा समितिले उनीहरूलाई डीआईजीबाट एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया