पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, २४ चैत्र

काठमाडौं, २४ चैत । सरकारले कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनका क्रममा यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बु (लाजेहाङ्ग)को उपचारको क्रममा चैत १० गते मृत्यु भएको थियो ।

प्रतिक्रिया