मोरङको तीन परीक्षा केन्द्रबाट एसइईका ११६ जना नक्कली परीक्षार्थी पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २३ चैत्र

मोरङ, २३ चैत । मोरङमा तीन परीक्षा कोन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका १ सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् ।

नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले जानकारी दिए । आज सामाजिक शिक्षाको परीक्षा दिइरहेका छन् ।

प्रतिक्रिया