रवि लामिछानेको राहदानी प्रकरणमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
अखबार टुडे
प्रकाशित:
२०७९, २२ चैत्र

काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णयबारे विपक्षी महान्यायाधिवक्ताको कार्यालय सहितसँग कारण देखाऊ आदेश जारी गरेको हो ।

लामिछानेले एकैपटक नेपाल र अमेरिकाको राहदानी प्रयोग गरेर गम्भीर कसुर गरेकोमा त्यसमा उन्मुक्ति दिनेगरी महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको दाबी गर्दै अधिवक्ता युवराज पौडेल (सफल)ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अधिवक्ता युवराज पौडेल (सफल) ले दायर गरेको रिट सुनुवाइमा निवेदक पक्षका अधिवक्ताहरूले उक्त प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय खारेज हुनुपर्ने जिकिर गरेका छन् ।

मुद्दा चलाउनुनपर्ने भनेर महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने पौडेलको माग छ । पौडेलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश भने दिएन ।

प्रतिक्रिया