वैवाहिक करणी मुद्दामा न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी
अखबार टुडे
प्रकाशित:
२०७९, २२ चैत्र

काठाडौं, २२ चैत । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई सोही अदालतले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी माग गरेपछि न्यायाधीश रामानन्द अधिकारीको इजलासले उनलाई पक्राउ गर्न आदेश जारी गरेको हो ।

जिल्ला अदालतको यो आदेशसँगै उनलाई अनुसन्धाानका लागि पक्राउ गर्ने बाटो खुलेको छ । न्यायाधीश गिरीविरुद्ध उनकै श्रीमतीले कपिलवस्तु प्रहरीमा वैवाहिक करणीको उजुरी दिएकी थिइन् । न्यायाधीश गिरीको न्याय परिषदमा सरुवा भइसकेको छ ।

यसअघि न्यायाधीश गिरीकी पत्नी आरती रावलविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात कीर्ते गरेको अभियोगमा न्यायाधीश पत्नी रावललाई पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो ।

प्रतिक्रिया