सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ११ हजार रुपैयाँ
प्रकाशित:
२०७९, २२ चैत्र
काठमाडौं, २२ चैत । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । गत चैत ५ गते छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।
उक्त रेकर्ड ब्रेक गर्दै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार