सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ११ हजार रुपैयाँ
प्रकाशित:
२०७९, २२ चैत्र

काठमाडौं, २२ चैत । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । गत चैत ५ गते छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।
उक्त रेकर्ड ब्रेक गर्दै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
