सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, २२ चैत्र

काठमाडौं, २२ चैत । सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ । सिक्कम सरकारले एक बिज्ञप्ति जारी गर्दै हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

मृत्यु हुने तीन नेपालीहरु चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीको मुना शाह श्रेष्ठ रहेका छन् । तीनै जनाको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

त्यस्तै हिमपहिरोमा परेर ३ नेपालीसहित १३ जना घाइते भएका छन् । घाइते हुने नेपाीहरू ४३ वर्षका रमेश खनाल, ३८ वर्षकी ज्योति गुरूङ, ४० वर्षकी गीता सापकोटा छन् । उनीहरूको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मंगलबार सिक्किमको गान्तोक र नाथुला जेएनएम सडकमा अचानक भीषण हिमपहिरो गएको थियो । त्यहाँ घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन् । भारतीय समय अनुसार मध्याह्न १२ः२० बजे हिमपहिरो गएको थियो ।

प्रतिक्रिया