उच्च अदालत पाटनद्वारा ‘प्रसाद २’ को प्रदर्शन रोक्न आदेश
अखबार टुडे
प्रकाशित:
२०७९, २१ चैत्र

काठमाडौं, २१ चैत । उच्च अदालत पाटनले फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ । फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म प्रदर्शन रोक्न माग राख्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

उनको रिटमाथि सुनुवाइ गर्दै मंगलबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले प्रसाद २ को प्रदर्शन रोक्न आदेश दिएको हो । उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीका अनुसार थप सुनुवाइ गर्न अदालतले २६ गते दुवै पक्षलाई बोलाएको छ ।

चलचित्र निर्माण सुरु हुनुअघि नै पाण्डेलाई प्रसाद २ को निर्माताका रुपमा चिनाइएको थियो । तर अहिले चलचित्रको उनको नाम छैन । फिल्म निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ । उनलाई प्रहरीले खोजिरहेको छ । सुदर्शन थापाले निर्देशन गरेको प्रसाद २ आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।

प्रतिक्रिया