‘द भ्वाइस अफ किड्स’ सिजन-२ मा दर्शक र कोचको मन जित्दै एल्जिना राई
अखबार टुडे
प्रकाशित:
२०७९, २१ चैत्र

काठमाडौं, २१ चैत । उदयपुर बेलटारकी १२ वर्षीया एल्जिना राई कुसल गायिका बन्न चाहन्छिन् । उनी भन्छिन्, ‘मेरो बाबाआमाको चाहना र सपना पनि मलाई गायिका बनाउने हो ।’

एल्जिना अहिले हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ किड्स’को सिजन-२’मा प्रतिस्पर्धा गरिरहेकी छन् । ‘ब्याटल राउण्ड’सम्म पुग्दा एल्जिनाको पर्फमेन्सले दर्शक र कोचहरुको मन जित्न सफल हुँदै आएकी छन् । सुरिलो र मिठास स्वरकी धनी एल्जिना हाल ८ कक्षामा अध्ययनरत छिन् । त्यसैले अहिले अध्ययन र ‘द भ्वाइस अफ किड्स’ले उनलाई चटारो छ ।

एल्जिना ‘द भ्वाइस अफ किड्स’को सिजन १ मै पाटिसिपेन्ट हुन चाहेकी थिइन् । तर, उनलाई परिस्थितिले दिएन । एल्जिनाले भनिन्, ‘मैले पहिलो सिजनमै सहभागी हुन चाहेकी थिएँ । तर, बाबा (उत्तमकुमार राई) एक्सिडेन्टमा परेर घाइते भएकाले त्यो सम्भव भएन । त्यसैले यस पटक सहभागी भएकी हुँ ।’ उनले बाबा र आमाको सपना पूरा गर्नकै लागि भएपनि ‘द भ्वाइस अफ किड्स’मा सहभागी भएको बताइन् ।

अहिलेसम्म संगीतको कुनै औपचारिक कोष वा अध्ययन नगरेकी एल्जिना गायनमा पुरै कन्फिडेन्ट छिन् । त्यही उनको कन्फिेन्टकै कारण उनी ‘ब्याटल राउण्ड’सम्म आइपुगेकी छन् । यहाँसम्म आइपुग्दा आफ्नो हरेक प्रस्तुतीमा कोचको कुर्सी घुमाउन सफल हुँदै आएकी छन् ।

‘मैले संगीतको कोर्ष गरेकी छैन, तर अहिले कोचले प्रशिक्षण दिइरहनुभएको छ’, टिम प्रमोदकी गायिका एल्जिनाले भनिन्, ‘कोच प्रमोदले एकदमै राम्रो सिकाउनुहुन्छ ।’

ब्लाइण्ड अडिसनदेखि यहाँसम्म आइपुग्दा एल्जिनाले चर्चित कलाकारका गीतहरु प्रस्तुत गर्दै आएकी छन् । अडिसन राउण्डमा गायिका सञ्जिवनीको ‘डाँडापाखा छहराले…’ बोलको गीत गाएकी एल्जिनाले हालसम्म चर्चित गायक राजेशपायल राईको ‘देमसारो’, ‘आजभोलि तिमीले’, ‘डाली डालीमा’ जस्ता चर्चित गीतहरु प्रस्तुत गरिसकेकी छन् ।

एल्जिनालाई मनपर्ने गायक पनि राजेशपायल नै हुन् । उनी राजेशपायलकै गीत ‘आजभोलि तिमीले’ गुनगुनाउँदा गुनगसुनाउँदै ‘द भ्वाइस अफ किडस्’सम्म आइपुगेकी हुँ । ‘मेरो मनमै आजभोलि तिमीले बोलको गीतमात्र आउँथ्यो’ आमा अञ्जु राईसँग भेटिएकी एल्जिनाले भनिन्, ‘मलाई राजेशपायल राई एददमै मनपर्छ । म उहाँलाई एकपटक भेट्ने मन छ ।’

एल्जिनाले यो भ्वाइस अफमा सहभागी भएर ठूलो महत्वकांक्षा लिएकी छैनन् । उनी भन्छिन्, ‘मैले टाइटल नै जित्नुपर्छ भन्ने लाग्दैन । फाइनलसम्म पुगे हुन्छ किनकि मैले यो कार्यक्रममा भाग लिएर धेरै कुरा सिक्दैछु ।’

तर, एल्जिनाको अहिलेसम्मको प्रस्तुतीलाई हर्ने हो भने उनी कनफर्म फाइनिालिस्ट लाग्छन् किनकि उनी कन्फिडेन्ट छिन् । र, उनको स्वर प्रस्तुतीलाई आम दर्शकले रुचाउँदै आएका छन् । तपाइँलाई जित्छु जस्तो लाग्दैन ? भन्ने प्रश्नको जवाफले उनले भनिन्, ‘जितेँ भने त राम्रो नि । तर, भोटको कुरा पनि आउँछ । लाइभ राउण्डपछि हामी भोटिङ राउण्डमा प्रवेश गछौँ । त्यसपछि जित्नु र हार्नुमा दर्शकको ठूलो हात हुन्छ ।’

उनले आफ्नो स्वर रुचाउँनेहरुलाई अग्रिम भोट समेत मोगेकी छन् । एल्जिनाले भनिन्, ‘यो भोट माग्ने समय त होइन, भोटिङ राउण्डमा पुगेपछि अवश्य भोट माग्ने छु । अहिले यही लेखमार्फत पनि मेरो प्रतिभा र स्वर रुचाउनु देशविदेशमा रहनुहुने सम्पूर्णलाई मलाई भोट दिनुहोला भनेर आग्रह गर्दछु ।’

प्रतिक्रिया