प्रचण्ड नेतृत्वको सरकारले १०० दिनमा गरेका उपलब्धिहरु के के हुन् ? (पूर्णपाठ)
अखबार टुडे
प्रकाशित:
२०७९, २० चैत्र

काठमाडौं, २० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । सोमबार प्रधानमन्त्रीको सचिवालयले १०० दिनको उपलब्धी ३७ बुँदामा उल्लेख गरी सार्वजनिक गरेको हो ।

उपलब्धिमा अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भएको, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वितरणको प्रक्रिया विगतमा भन्दा छिटो भएको, नेपाल सरकारले विभिन्न मितिमा शहीद घोषणा गरेका ८ हजार ४७१ जना शहीदको नाम राजपत्रमा प्रकाशन गर्नु लगायतका विषय सरकारको उपलब्धीमा राखिएको छ ।

प्रतिक्रिया