मिटरब्याज पीडितको अर्को टोली काठमाडौंमा
प्रकाशित:
२०७९, २० चैत्र
काठमाडौं, २० चैत । मिटरब्याज पीडितहरूको अर्को टोली काठमाडौं आइपुगेका छन् । मिटरब्याज पीडितहरूको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको दुई दिनपछि उनीहरू आन्दोलनका लागि काठमाडौं आएका हुन् ।
टोलीले मिटरब्याजीहरूले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज र यसअघि सरकारसँग भएको सहमति अविलम्व कार्यान्वयन हुनुपर्ने माग राखेको छ । टोलीमा झापादेखि कैलालीसम्मका मिटरब्याज पीडितको प्रतिनिधिमूलक भएको दाबी गरेको छ ।
ललितपुर सानेपाको सहिद पार्कमा भेला भएका उनीहरू हिँडेर माइतीघरतर्फ आएका हुन् । उनीहरूले माइतीघरमा बसेर आफ्नो माग राख्नेछन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार