मिटरब्याजको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २० चैत्र

काठमाडौं, २० चैत । मिटरब्याजी आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरले सप्तरीको राजविराजबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

राजविराज नगरपालिका–७ बस्ने सुरेन्द्रप्रसाद शर्मा सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य हुन् । उनीविरूद्ध कल्याणपुरमा जाहेरी परेको थियो ।

२०६६ सालमा उनका बुवा र स्थानीय निर्मलकुमार यादवका बुवाबीच २५ लाखको कारोबार भएको थियो । निर्मलकुमार यादवका बुवाले शम्भुनाथ नगरपालिकामा रहेको ८ बिगाह ७ कठ्ठा ७ धुर जग्गा धितो राखेर २५ लाख ऋण लिएको बताइएको छ । अहिले पैसा चुक्ता गर्दा २५ लाख नगदको बदलामा १३ करोड माग गरेपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी दिएका थिए ।

प्रतिक्रिया