राहदानी प्रकरणमा रविविरुद्धको रिट सर्वोच्चमा दर्ता, भोलि पेशी
अखबार टुडे
प्रकाशित:
२०७९, २० चैत्र

काठमाडौं, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायधिवक्ताको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले राहदानी प्रकरणमा लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरेपछि अधिवक्ता युवराज सफल रिट निवेदन लिएर आइतबार सर्वोच्च अदालत पुगेका थिए ।

मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको हो । रिटउपर पहिलो सुनुवाइका लागि भोलि पेशी तोकिएको छ । अमेरिकी राहदानी हुँदाहुँदै लामिछानेले नेपाली राहदानी लिएको भन्दै उनीमाथि अनुसन्धान गरेर मुद्दा चलाउन गृह मन्त्रालयमा उजुरी परेको थियो।

चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो ।त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए।

प्रतिक्रिया