उपनिर्वाचनमा माओवादीले कांग्रेस र जसपाका उम्मेदवारलाई समर्थन गर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, २० चैत्र

काठमाडौं, २० चैत । नेकपा माओवादी केन्द्रले उपनिर्वाचन हुन लागेका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने भएको छ । वैशाख १० मा हुने उपनिर्वाचनका लागि आज तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दर्ता हुँदैछ ।

गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भन्दै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने निर्णय भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

माओवादीले चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई र तनहुँ १ मा कांग्रेसकै गोविन्द भट्टराईलाई सघाउने निर्णय गरेको छ । यस्तै, बारा २ मा पनि माओवादी केन्द्रले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउनेछ ।

प्रतिक्रिया