राहदानी प्रकरणमा रवि लामिछानेमाथि मुद्दा नचालउने महान्यायधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट
अखबार टुडे
प्रकाशित:
२०७९, १९ चैत्र

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता युवराज सफल राहदानी प्रकरणको रिट लिएर सर्वोच्च पुगेका हुन् । उनले सर्वोच्च अदालत र निर्वाचन आयोगको नाममा अन्तरिम आदेश माग गर्दै लामिछानेमाथि राहदानी मुद्दा चलाउन माग गरेका छन्। रिट सर्वाेच्च पुगे पनि दर्ता भने भइसकेको छैन ।

६ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिएकै दिन महान्यायधिवक्ता दिनमणि पोखरेलले लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरेका थिए । त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालउ पाटनले लामिछानेमाथि मुद्दा चलाउनुनपर्ने प्रतिवेदन दिएका थिए ।

अमेरिकी नागरिकता हुँदाहुँदै लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्र उपयोग गरी नेपाली नागरिकता लिएको विषयमा छानबिन गरी कारबाही गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको थियो । नागरिकता प्रकरणमा लामिछाने दोषी ठहर हुँदै पद गुमाउन बाध्य भएका थिए । नागरिकता प्रकरणमा दोषी ठहर भएपछि उनले नेपाली राहदानी विभाग पुगेर फिर्ता गरेका थिए ।

प्रतिक्रिया