बारा-२ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेसको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, १९ चैत्र

काठमाडौं, १९ चैत । नेपाली कांग्रेसले बैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ मा जनता समाजवादी पार्टी (जसपाए लाई सघाउने निर्णय गरेको

कांग्रेसको आज(आइतबार) बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा–२ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका जसपाका उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको हो ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रमा जसपा उम्मेदवार रामसहाय प्रसाद यादव विजयी भएका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा उपनिर्वाचन हुन लगेको छ । बारा २ मा रास्वपा बाट पुर्व डिआइजी रमेश खरेलले उम्मेदवारी दिने भएका छन् भने नेकपा एमालले उम्मेदवार टुङ्गो लगाएको छैन ।

यसतै, बैठकले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालामाथिको कारबाही पनि फुकुवा गर्ने निर्णय गरेको छ । कारबाही फुकुवा गरिएका नेताहरुको पुरानै क्रियाशील सदस्यता कायम हुने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

चितवनका पूर्वसभापति कोइरालाले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध चितवन(४ मा बागी उम्मेदवारी दिएका थिए । बागी उम्मेदवारी दिएपछि कांग्रेसले २ कात्तिक २०७० मा कोइरालामाथि अनुशासनको कारबाही गरेको थियो ।

यस्तै, पूर्वसहमहामन्त्री जोशीले २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । तर, भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका जोशीले उम्मेदवारी दिएको भन्दै पौडेलले निर्वाचन आयोगमा उजुरी दिएपछि उनको उम्मेदवारी खारेज भएको थियो ।

पौडेललाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले २४ पुस २०७५ मा जोशीमाथि अनुशासनको कारबाही गरेको थियो । ४ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि जोशीले तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया