‘मिस नेपाल-२०२३’का लागि २४ प्रतिस्पर्धी
अखबार टुडे
प्रकाशित:
२०७९, १८ चैत्र

काठमाडौं, १८ चैत । ‘मिस नेपाल–२०२३’का लागि अन्तिम २४ जना प्रतियोगी छनोट भएका छन् । शुक्रबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित एक कार्यक्रमबीच सेमी–फाइनलिस्ट सार्वजनिक गरिएको हो ।

सातै प्रदेशमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको आयोजक संस्था द हिडन ट्रेजरले जनाएको छ ।
स्यास सेरेमोनीमा सबैजना प्रतिस्पर्धीलाई प्रतियोगी अंकसमेत दिइएको छ । उनीहरुलाई हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले अंक प्रदान गरेका थिए ।

स्यास ग्रहण गर्दै प्रतियोगीहरुले आफ्नो परिचय र रुचिबारे बताएका थिए । जसमध्ये धेरैको आकांक्षा वातावरण, समाज र स्वास्थ्यमा योगदान पु¥याउनु रहेको छ । पाइलट, चिकित्सक, व्यवसायी, विद्यार्थी, मोडल पेशाका सुन्दरीले यसपटक मिस नेपालमा भाग लिएका छन् ।

काठमाडौंमा भेला भएका सुन्दरीको लागि व्यक्तित्वविकासदेखि पेजेन्टसम्बन्धी तालिम सुरु भएको आयोजकले जनाएको छ । मिस नेपाल कोरियोग्राफर रचना गुरुङ शर्माले तालिम दिइरहेकी छन् । आगामी १३ जेठमा ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा ग्राण्ड फिनाले आयोजना हुँदैछ ।

प्रतिक्रिया