कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०७९, १७ चैत्र

काठमाडौं, १७ चैत । प्रदेशको नाम कोशी खारेजीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा बिरोध प्रदर्शन भएको छ ।

शुक्रबार बृहत् नागरिक आन्दोलन, किराँत याक्थुङ चुम्लुङ, सचेत पहिचानवादी संघर्ष समिति, लिम्बू विद्यार्थी मञ्चलगायतका पहिचानवादी संघसंगठनले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘पहिचान विरोधी होशियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर, संघीयता पुनः सीमांकन गर, मुक्ति योद्धा लाजेहाङ लिम्बूलाई सहिद घोषणा गर’ लगायतका नारा लगाएका लिएका थिए ।

प्रतिक्रिया