उद्योग मन्त्रालय नपाएपछि खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७९, १७ चैत्र

काठमाडौं, १७ चैत । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा पत्र बुझाएका हुन् ।

जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय दिनु पर्ने माग राखेको थियो । तर, मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनमतले खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया