उडिरहेको जहाजभित्र टिकटक बनाएपछि हिमालय एयरलाइन्सका तीन क्याबिन-क्रु ग्राउन्डेड
अखबार टुडे
प्रकाशित:
२०७९, १७ चैत्र

काठमाडौं, १७ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरण्ले हिमालय एयरलाइन्सका तीन जना क्याबिन–क्रुलाई कारबाही गरेको छ । उडिरहेको जहाजभित्र टिकटक बनाएको सूचना पाएपछि प्राधिकरणले दुई महिला र एक पुरूषसहित तीनजनालाई ग्राउन्डेड गरेको हो ।

प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले उनीहरूलाई ३ देखि ६ महिनासम्म उड्न नपाउने गरी कारबाही गरिएको जानकारी दिएका छन् । उड्डयन मापदण्ड अनुसार उडिरहेको जहाजमा क्याबिन क्रुहरुले फोटो तथा भिडियो खिच्न पाइँदैन ।

बिहीबार काठमाडौं–दोहा रुटमा उडानमा रहेको एच९–५६३ उडान नम्बरको जहाजमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा एक पुरुष र दुई महिला एयरहोस्टेस टिकटक भिडियोमा रमाइरहेका देखिन्छन् । प्राधिकरणका अनुसार यसलाई ‘इनफ्लाइट सेफ्टी’ विरुद्धको कसुर मानिन्छ ।

प्रतिक्रिया