मन्त्री बन्दै रञ्जिता श्रेष्ठ
अखबार टुडे
प्रकाशित:
२०७९, १७ चैत्र

काठमाडौं, १७ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी मन्त्री बन्ने भएकी छन् । सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएको छ । जसअनुसार अध्यक्ष श्रेष्ठकै नेतृत्वमा नाउपा सरकारमा सहभागी हुने भएको हो ।

पार्टीका सांसद गंगाराम चौधरीका अनुसार नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ । यससँगै अध्यक्ष श्रेष्ठ मन्त्री हुने भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपराह्न मन्त्रिपरिषद विस्तार गर्दैछन् । मन्त्रीहरुको शपथ अपरान्ह तीन बजे निर्धारण गरिएको छ ।

प्रतिक्रिया