भीम रावल नसचिए पार्टीले उचित निर्णय लिन्छ : उपाध्यक्ष विष्णु पौडेल
अखबार टुडे
प्रकाशित:
२०७९, १७ चैत्र

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भीम रावलले अनुशासन उल्लंघन गर्दै पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको आरोप लगाएका हुन् ।

नेता भीम रावलले आफ्ना गल्तीहरू स्वीकार गरेर आत्मालोचना गर्नुपर्ने उनले बताए । अझै पार्टीविरोधी गतिविधिलाई अगाडि बढाए वा आत्मालोचना नगरे पार्टीले थप कदम चल्न सक्ने पौडेलले चेतावनी दिएका छन् ।

पौडेलले भने, ‘भीम रावलजीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीको निर्णय मान्नुभएको छैन । अनुशासन उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन् । कहिले पत्रकार सम्मेलन, कहिले क्रिया प्रतिक्रियामा उत्रिनुहुन्छ । उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस् । नीति, विधिलाई पालना गर्नुस् । उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ ।’

प्रतिक्रिया