सत्ता साझेदार दलहरुबीच यस्तो छ मन्त्रालयको भागबण्डा
अखबार टुडे
प्रकाशित:
२०७९, १६ चैत्र

काठमाडौं, १६ चैत । सत्ता साझेदार दलहरूबीच मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । जसमा अनुसार संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ मन्त्रालय, नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको हो ।

दलहरुबीच सहमति भएअनुसार कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, भूमि व्यवस्था, सामान्य प्रशासन, स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ , यस्तै, नेकपा माओवादी केन्द्रले गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । सरकारको नेतृत्व गरेको माओवादीलाई नै गृह र सञ्चार मन्त्रालय दिने दलहरुबीच सहमति भएको हो ।

यस्तै, एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ भने नेपाल समाजवादी पार्टी (नेसपा)ले खानेपानी तथा सरसफाइ मन्त्रालय, जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।

अन्तिम समयमा कुनै पनि दलले विवाद सिर्जना नगरे अहिलेसम्मको सहमतिअनुसार यिनै मन्त्रालयमा सहमति टुंगिएको एक नेताले बताए ।

प्रतिक्रिया