अनलाइनमार्फत ठगी गर्ने ९ चिनियाँसहित १९ जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, १५ चैत्र

काठमाडौं, १५ चैत । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न ९ चिनियाँ १० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाइ राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केसीका अनुसार ह्वाट्स एपपमा अनलाइनमार्फत विजेनशमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै नेपाली नागरिकलाई ठगिएको पाइएको छ । ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी गर्ने गिरोहसम्म पु¥याएको पाइएको छ ।

पीडितले एनआईसी एसिया बैंकको राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा खोलिएको खातामा पैसा पठाएको भेटिएको छ । उनीहरुलाई बूढानिलकण्ठ–२, महादेवखोला र चण्डोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया