माओवादी छाडेर जनमत पार्टीमा प्रवेश गरे कुसवाह, बारा २ मा उम्मेदवार बन्ने
प्रकाशित:
२०७९, १५ चैत्र
काठमाडौं, १५ चैत । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह जनमत पार्टी प्रवेश गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै जनमत पार्टीमा प्रवेश गरेको कुशवाहले जानकारी दिए ।
माओवादी केन्द्र त्यागेका कुशवाहलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्वागत गरेका छन् । जनमत पार्टी प्रवेश गरेका कुशवाह वैशाख १० मा हुने बारा २ मा उम्मेदवार बन्ने बताइएको छ ।
४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बारा २ मा उम्मेदवार बनेका कुशवाह जसपाका रामसहाय प्रसाद यादवसँग पराजित भएका थिए । कुशवाह २०६४ सालको संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया