पहिचानवादी र प्रहरीबीच झडप हुँदा तनावग्रस्त बन्यो विराटनगर
प्रकाशित:
२०७९, १४ चैत्र

विराटनगर, १४ चैत । विराटनगरमा पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको हो ।
झडपका कारण विराटनगर तनावग्रस्त बनेको छ । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको छ । त्यस्तै आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । उनीहरुले कोशीका मुख्यमन्त्रीको राजीनामा माग्दै कालो झण्डा बोकेर प्रदर्शन गरेका छन् ।
५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार