एमालेमा घचेट्या घचेट्यै गरे नयाँ पाइला चाल्न सक्छु : भीम रावल
प्रकाशित:
२०७९, १४ चैत्र
कैलाली, १४ चैत । नेकपा एमालेका नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताएका छन् । मंगलबार बिहान कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला नेकपा एमालेका इमान्दार कार्यकर्ता, जनतासँग सोध्नेछु । त्यतिबेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’
तर एमालेमा रहन अन्तिम बिन्दुसम्म प्रयास गर्ने उनले बताए । त्यो अन्तिम बिन्दु कुन हुनेछ भनेर अहिले भन्न नसक्ने उनको भनाइ थियो ।
प्रतिक्रिया