इन्जिनियरको लाइन्सेन्स परीक्षामा ७१ प्रतिशत परीक्षार्थी फेल (नतिजासहित)
अखबार टुडे
प्रकाशित:
२०७९, १४ चैत्र

काठमाडौं, १४ चैत । इन्जिनियरको लाइन्सेन्स परीक्षमा ७१.५ प्रतिशात परीक्षार्थी फेल भएका छन् । नेपाल इन्जिनियरिङ् परिषदले सार्वजनिक गरेको लाइसेन्स परीक्षाको नतिजाअनुसार २८.५ प्रतिशत परीक्षार्थी मात्र पास भएका हुन् ।

लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए । तर परीक्षामा सहभागीहरुको संख्या भने १ हजार ९८१ थियो । तीमध्ये ५६५ जनामात्र पास भएको परिषदले जनाएको छ ।

११ जनाको परीक्षा रद्द गरिएको छ । चैत्र १२ र १३ गते लिइएको इन्जिनियर लाइसेन्स परीक्षाको परिषदले सोमबार नतिजा सार्वजनिक गरेको हो । इन्जिनियर उत्तीर्ण गरेकाहरुले इन्जियरिङ व्यवसायका लागि काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

यसअघि परिषदले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषदले परीक्षामा पास भएकाहरुलाई मात्र लाइन्सेन्स दिन थालेको हो ।

प्रतिक्रिया