५ हजार धरौटी नतिरेपछि जेल चलान भए प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवा
प्रकाशित:
२०७९, १३ चैत्र
काठमाडौं, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ युवा जेल चलान भएका छन् । अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो ।
तर उनीहरुले ५ हजार धरौटी नतिर्ने अडान राखेपछि कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरन्जनदत्त भट्टले जानकारी दिए ।
चैत ७ गते बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए । सो क्रममा उनीहरू पक्राउ परेका थिए । पक्राउपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो ।
पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन् । प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार