पदम लिम्बुको परिवारलाई ३ लाख दिने कोशी प्रदेशको निर्णय
प्रकाशित:
२०७९, १३ चैत्र

विराटनगर, १३ चैत । प्रदेशको नाम कोशी विरुद्ध भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले मृतकको परिवारलाई तत्काल राहत स्वरुप ३ लाख रूपैयाँ दिने निर्णय गरेको प्रवक्ता भक्ति सिटौलाले जानकारी दिए ।
कोशी प्रदेश नामकरणको विरोधमा ५ चैतमा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो ।
प्रदेश सरकारले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकलाई श्रदाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ । मन्त्रिपरिषद बैठकले घटनाको छानबिनका लागि संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
