नेपाल प्रहरीका ४ डीआईजी एआईजीमा बढुवा सिफारिस
प्रकाशित:
२०७९, १३ चैत्र

काठमाडौं, १३ चैत । नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस भएको छ ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजी सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
उनीहरू शुक्रबार आईजीपी बढुवा भएका बसन्तबहादुर कुँवरकै ब्याची हुन् । प्रहरीका ८ एआईजीमध्ये चार एआईजी पद रिक्त छ । रिक्त पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । आईजीपी धीरजप्रताप सिंहसँगै तीन एआईजीले अवकाश पाएपछि सो पद रिक्त भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार