मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुन जस्तो भएँ : सुदन किराँती
अखबार टुडे
प्रकाशित:
२०७९, १३ चैत्र

काठमाडौं, १३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको बताएका छन् ।

काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिंड्ने सोह्रश्राद्धको बाहुन जस्तो भएको बताएका हुन् ।

उनले भने, ‘म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ । लाग्छ म त सोह्रश्राद्धको बाहुन जस्तो भएँ । हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने । त्यसको निम्ति म क्षमाप्रार्थी छु ।’ मन्त्री बनेपछि ठुलाठुला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने सोचे पनि कामको चाप बढी हुने गरेको अनुभव सुनाए ।

कार्यक्रममा मन्त्री किराँतीले प्रेम गर्न नजान्ने व्यक्तिले देश चलाउन नजान्ने टिप्पणी गरे । तर गीत जस्तो जीवन नहुने बताउँदै उनले जीवन र गीतको व्यवहारिक तालमेल धेरै टाढा रहेको बताए ।

प्रतिक्रिया