राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्छः राष्ट्रपति पौडेल
अखबार टुडे
प्रकाशित:
२०७९, १३ चैत्र

काठमाडौं, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताएका छन् । दिवंगत पूर्वमन्त्री नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका हुन् ।

राष्ट्रपति पौडेलले पूर्वमन्त्री जोशी जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने दर्शनबाट प्रभावित भएको स्मरण गर्दै भने, ‘राजनीतिक समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ। जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चत अठोट प्रतिबद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ । जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख, दुःख बुझ्ने नवीन्द्र यही दर्शनबाट प्रभावित थिए ।’

राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित सिद्धान्तनिष्ठ कार्यकर्ताको रुपमा स्व. जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा आत्मसाथ गरेर लोकतन्त्रको संस्थागत विकासमा पु¥याएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया