भिनुमाले जितिन् ‘सम्मान मिस लिम्बू’को उपाधि
अखबार टुडे
प्रकाशित:
२०७९, १२ चैत्र

काठमाडौं, १२ चैत । ‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पहिम लिम्बूले जितेकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् ।

‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित शनिबार काठमाडौंमा आयोजित ‘सम्मान मिस लिम्बू–२०७९’ १८ जना फाइनालिस्टमध्ये मुख्य निर्णायकले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै भिनुमा यस सस्करणको मिस लिम्बू घोषित भएकी हुन् । मुख्य निर्णायक कलाकार सुनिल थापाले प्रतियोगीहरलाई अन्तरजातीय विवाहकोबारे आफ्नो धारणा राख्न आग्रह गरेका थिए ।

याक्थुङ युथ एशोसिएसन ९वाईवाईए०द्वारा आयोजित ‘मिस लिम्बू–२०७९’का पाँचथरकी काजल सेलिङ लिम्बू र फस्ट रनरअप र धनकुटाकी मुना चेम्जोङ लिम्बू सेकेण्ड रनरअफ भएका छन् । विजेता तीनै जनालाई ताज र नगद पुस्कार प्रदान गरिएको छ ।

‘सम्मान मिस लिम्बू’को शीर्ष विजेता भिनुमाले नगद एक लाख रुपैयाँसहित स्कुटरसमेत प्राप्त गरेकी छन् । यस्तै, फस्ट रनरअफ काजलले नगद एक लाखसहित र विभिन्न गिफ्ट ह्याम्पर तथा सेकेण्ड रनरअफ मना चेम्जोङले नगद ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।

कार्यक्रममा पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा, इभाना मानन्धर, बरिष्ठ कलाकार सुनिल थापा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, नेत्र चिकित्सक डा बेन सुब्बा, पुर्वमिस लिम्बू मेरिना पोकु लिम्बूलगायत निर्णायक रहेका थिए । प्रतियोगितामा विभिन्न १६ वटा सबटाइटलमा समेत अवार्ड प्रदान गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रथम नेपाली तारा दिपक लिम्बू, गायक कन्चन थलङलगायतले गीतसंगीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया