लुम्बिनी सरकारबाट बाहिरियो माओवादी केन्द्र
अखबार टुडे
प्रकाशित:
२०७९, १२ चैत्र

काठमाडौं, १२ चैत । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । एमाले नेतृत्वको सरकारमा सहभागी तीनै जना मन्त्रीहरूले राजीनामा दिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी मन्त्री थिए । उनीहरू तीनै जनाले एमालेका मुख्यमन्त्री लीला गिरीलाई भेटेर राजीनामा बुझाएको अध्यक्ष बरालले बताए ।

सरकारबाट बाहिरिएसँगै माओवादी केन्द्रले समर्थन पनि फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

गिरी एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टीलगायत पार्टीको समर्थनमा पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ४४ जना सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रतिक्रिया