बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत
अखबार टुडे
प्रकाशित:
२०७९, १० चैत्र

मकवानपुर, १० चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसदबाट दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट उनको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ मत प्राप्त गरेका हुन् ।

प्रदेशसभाको बैठकमा उपस्थित ९१ जना सांसदमध्ये ६७ जनाले विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा हस्ताक्षर गरे । उनको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा १७ जना सांसदले हस्ताक्षर गरेका छन् भने ७ जना सांसदहरु तथस्ट बसका थिए ।

समीकरण परिवर्तन भएसँगै मुख्यमन्त्रीले दोस्रो पटक विश्वासको मत लिएका हुन् । मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रका २१, नेपाली कांग्रेसका ३७, एककृित समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले विश्वासको मत दिएका थिए । यससँगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्व सरकारले निरन्तरता पाएको छ ।

प्रतिक्रिया