सर्वसाधारणको लागि रानीपोखरी आजदेखि खुला
अखबार टुडे
प्रकाशित:
२०७९, १० चैत्र

काठमाडौं, १० चैत । रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ । महानगर प्रहरीले सरसफाइ गरेर आज शुक्रबारदेखि सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको हो ।

रानीपोखरीमा अब सर्वसाधारण बिनाटिकट जान पाउनेछन् । २०७२ सालको भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरुप दिइएको छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।

लामो समय बन्द हुँदा र मर्मतसम्भार पनि नहुँदा झारपात उम्रिएर रानीपोखरी कुरुप बनेको थियो । अहिले भने सरसफाइ गरेर रानीपोखरी चिटिक्क पारिएको छ ।

प्रतिक्रिया