विज्ञापनको आलोचना भएपछि करिश्माले भनिन्, ‘त्रुटि मानिस बाटै हुने हो’
अखबार टुडे
प्रकाशित:
२०७९, ९ चैत्र

काठमाडौं, ९ चैत । आफूले अभिनय गरेको एक विज्ञापनको आलोचना भएपछि अभिनेत्री करिश्मा मानन्धरले स्पष्टीकरण दिएकी छिन् । विज्ञापनमा सुधार हुने आशा राख्दै उनले त्रुटि भएको स्वीकारेकी हुन् ।

केही दिनअघि सार्वजनिक भएको बोस सोलार हिटरको विज्ञापनलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेको छ । विज्ञापनमा करिश्माको अभिनय र संवाद निकै बनावटी भएको र उनले दर्शकलाई झुक्काउने काम गरिरहेको भन्दै धेरैले आलोचना गरिरहेका छन् ।

उक्त विज्ञापनको धेरै आलोचना भएपछि करिश्माले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिएकी हुन् । उनले लेखेकी छिन्, कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन । त्रुटि मानिस बाटै हुने हो ! यसको प्रचारको काममा मेरो उपस्तिथि रहने भए पजि प्रचार निर्माण सामाग्रीमा मेरो हात हुदैन ! ।’

प्रतिक्रियालाई सकारात्मक रुपमा लिएको बताउँदै करिश्माले आफ्ना हरेक क्रियाकलापलाई चासोका साथ हेरेर साथ र सुधार्ने मौका दिएकोमा धन्यवाद दिएकी छन् ।

यस्तो छ स्टाटस:

प्रतिक्रिया