सहरमा काजुको चर्चा : यस्ता छन् काजु खानुको फाइदा !
अखबार टुडे
प्रकाशित:
२०७९, ९ चैत्र

काठमाडौं, ९ चैत । काजु एक महँगो ‘ड्राई फ्रुट्स’मा गनिन्छ । नेपाली बजारमा अहिले काजुलाई प्रतिकिलो १८,०० रुपैयाँसम्म पर्छ । केही दिनयता यही काजु विभिन्न कारणले नेपालमा काजुको चर्चा छ ।

काजुको उत्पत्ति ब्राजिलमा भएको मानिन्छ । व्यापारीहरूले भारत हुँदै नेपालसम्म पु¥याएको देखिन्छ । नेपालमा पनि काजुको बजार राम्रो छ । होटलदेखि रेष्टुरेण्टसम्म काजुका प्रकार पाइन्छ । जुन स्न्याक्सको रुपमा प्रयोग हुन्छ ।

काजु किन खाने ?
काजुमा चिनीको मात्रा थोरै र फाइबर धैरै पाइन्छ । मुटुलाई स्वस्थ राख्न आवश्यक पर्ने फ्याट र गुणस्तरीय प्रोटिन पनि पाइन्छ । काजु खानाले शक्ति आर्जनमा सहयोग पुग्छ । दिमागको स्वास्थ्यलाई राम्रो गर्छ । रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । हड्डीको स्वास्थ्यलाई पनि राम्रो गर्छ भन्ने विभिन्न अनुसन्धानहरुबाट निक्र्यौल निकालिएको छ । ।
स्वास्थ्य क्षेत्रको चर्चित वेबसाइट हेल्थलाइनका अनुसार २८ ग्राम काजुमा निम्न मात्रामा पोषण पाइन्छ ।

क्यालोरी-१५७
प्रोटिन-५ ग्राम
फ्याट- १२ ग्राम
कार्बोहाइडेट-९ ग्राम
फाइबर – १ ग्राम
कपर दैनिक आवश्यक मात्राको-६७५
म्याग्नेसियम दैनिक आवश्यक मात्राको -२०५
म्याङ्गनिज दैनिक आवश्यक मात्राको- २०५
जिङ्क दैनिक आवश्यक मात्राको -१५५
फोस्फोरस दैनिक आवश्यक मात्राको -१३५
आइरन दैनिक आवश्यक मात्राको -११५
सेलेनिअम दैनिक आवश्यक मात्राको -१०५
थियामिन दैनिक आवश्यक मात्राको – १०५
भिटामिन ’के’ दैनिक आवश्यक मात्राको -९५
भिटामिन ’बीट’ दैनिक आवश्यक मात्राको -७५

काजु खानुका फाइदा
१, मुटुलाई स्वस्थ राख्न : एक अध्ययनले दैनिक आवश्यक पर्ने क्यालोरीमध्ये १०५ क्यालोरी काजुबाट खाने डाइबिटिजका बिरामीमा गुणस्तरीय कोलेस्ट्रोल बनेको देखाएको छ । अरू अध्ययनले काजु खानाले ब्लड प्रेसर घटेको पनि देखाएका छन् । तर, यसमा अझै अध्ययन भइरहेकाले भरपर्दो निष्कर्ष आएको छैन ।
२, रगतजन्य रोगबाट जोगाउँछ : नियमित रूपमा मात्रा मिलाएर काजु खानाले रगतजन्य रोग लाग्ने सम्भावना कम हुन्छ । हाम्रो खानामा कपर (तामा) हुनु आवश्यक हुन्छ । काजुलाई कपरको राम्रो स्रोत मानिन्छ ।
३, छालाको लागि राम्रो : काजुको तेल छालाका लागि राम्रो मानिन्छ । काजुको तेलमा सेलेनिअम, जिङ्क, म्याग्नेसियम, फलाम र फस्फोरस पाइन्छ । काजुमा सेलिनियम धेरै पाइने भएकाले छालालाई त राम्रो गर्छ नै सँगै क्यान्सबाट पनि जोगाउँछ ।
४, तौल घटाउन : कतिपयले ड्राई फ्रुट्सको सेवनले तौल बढ्ने ठान्छन् । तर, विभिन्न अध्ययनले दैनिक रूपमा आवश्यक मात्रा काजु खानाले थोरै मात्रामा पनि तौल घट्ने देखाएका छन् ।
५, स्वस्थ र चम्किलो कपालका लागि : विज्ञहरू काजुको तेल सेवनसँगै कपालमा लगाउनाले कपाललाई स्वस्थ र चम्किलो बनाउँछ ।
एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया