‘वान एक्स बेट’का ६ जना नेपाली मास्टर म्यानेजर पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, ८ चैत्र

काठमाडौं, ८ चैत्र । अनलाइन बेटिङ साइट ‘वान एक्स बेट’का मार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वान एक्स बेटका दिलीप सिंह कठायत, भूपालराज न्यौपाने, नयनराज भण्डारी, वरुण कुमार सिंह, बासुदेव पाण्डे र शिवानी तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले जानकारी दिए ।

उनका अनुसार नेपालमा प्रतिबन्ध रहेको उक्त अनालनइ बेटिङमा लगानी गरिएको ६४ करोड रकम यो समूहले साइप्रस पु¥याएको समेत प्रहरी अनुसन्धानबाट देखिएको छ ।

वान एक्स बेटमा खेलाडीले वालेटमा पैसा लोड गरिदिने व्यक्ति म्यानेजर र म्यानेजरहरूबाट रकम लिने मास्टर म्यानेजर लगायतका व्यक्तिहरू संलग्न हुन्छन् । पक्राउ परेका ६ जना व्यक्तिहरू नेपालका मास्टर म्यानेजर रहेको प्रहरीको भनाइ छ ।

युवाहरूलाई कुलत र गलत क्रियाकलापबाट बचाउन अपराध अनुसन्धान कार्यालयले सुरु गरेको ‘सेभ द युथ’ अभियान अन्तर्गत उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया