दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, ८ चैत्र

काठमाडौं, ८ चैत्र । दैलेखको गुराँस गाउँपालिका ३ ताल पोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक आज विहान पौने ९ बजे दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनमा मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम चौधरी र २२ वर्षको विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी किशोर लम्सालले बताए ।

सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ । माथिल्लो मोडबाट तल्लो मोडमा खसेको ट्रकका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया